nyaanoswaagat.com


घर फर्कनुहुने नेपाली नागरिकका लागि सहयोग सञ्जाल
Support Network For Nepali Citizens coming back.
Made with ❤️ in Nepal

#न्यानोस्वागत
#NyaanoSwaagat #WelcomeHome
#covidResponse #nepalNOW #washHands #BreaktheChain

✅ NEPAL - INDIA BORDER PROCEDURE - Updated 01 May
✅ नेपाल- भारत नाका। प्रवेश प्रक्रिया


✅ HOW TO SELF QUARANTINE
✅ क्वारेन्टाइनमा कसरि बस्ने ?


COVID19 DASHBOARD
from Ministry of Health & Population, Nepal.
Can also be downloaded as an app on Android & IOS

🇳🇵☎️ COVID HOTLINES
1115 | 1133 | 9880035000 | 9851255839 | 9851255837

!! IMPORTANT NOTE !!
महत्वपूर्ण सूचना
When you come from India, you HAVE to go into 10 days compulsory Home Quarantine, by Law. If you have symptoms at the border crossing, you might have to go into isolation there itself.

भारतबाट फर्किएका हरेक व्यक्तिले दश दिनसम्म घरमै अनिवार्य क्वारेन्टाइनमा बस्नैपर्छ है! नाकाबाट प्रवेश गर्दा लक्षण पाइएमा त्यही आइसोलेशनमा बस्न पर्ने हुन सक्छ।


Major Borders Point

This map shows the major border points between Nepal & India that are open (🟢pins). Click on the pin to get information on who to call there, and other instructions, like current status, etc.
तलको नक्सामा नेपाल-भारत सीमाका महत्त्वपूर्ण नाकाहरू देख्न सकिन्छ। Pin मा Click गरेर प्रत्येक नाकामा तत्कालको अवस्था, आवश्यक सूचना र सम्पर्क विवरण हेर्न सकिन्छ।


💬 सहायता समूह | SELF HELP GROUPS

तल दिईएका सम्पर्क नम्बर र ग्रुप च्याटमा जोडिएर हामीलाई आफ्नो बारेमा बताउन वा सहयोग माग्न अफ्ठेरो नमान्नुहोला। हाम्रा साथीहरु यहाँका प्रश्न सम्बोधन गर्न तयार बस्नुभएको छ।

These group chats are moderated. Feel free to join and ask questions, take help. Volunteers are on stand-by to answer relevant questions. Click to join.

सहयोगी प्रश्नहरू सोध्न, एकअर्काबाट सिक्नको लागि यस समूहमा जोडिनुहोला

Nepal Fights Corona Help Group - Facebook

🐤 Twitter

हामीसँग ट्विटर मा जोडिनुहोस
Follow us on Twitter at @nyaano_swaagat


RULES
Be polite, don't spam
Use these groups to share relevant information

☎️ सम्पर्क नम्बरहरु:
कोभिड-१९ हटलाइन नम्बर: ९८५१२५५८३९ , ९८५१२५५८३७ , ९८५१२५५८३४
नेपाल पुलिस: १०० / ०१४२२८४३५
शुक्रराज अस्पताल, टेकु (काठमाडौँ ) ०१-४२५३३९६
गण्डकी अस्पताल (पोखरा) ०६-१५२००६७

☎️ Numbers to call__
COVID19 Hotline 1115
9851255839, 9851255837, 9851255834
Nepal Police 100 / 014228435
Sukraraj Hospital (Kathmandu) 014253396


🏥COVID HOSPITALS & CLINICS
कोभिड अस्पताल र क्लिनिकहरु


☎️ सरकारी तथा राष्ट्रिय तहका सहयोग संस्थाहरू
GOVERNMENT AND NATIONAL LEVEL SUPPORT ORGANISATIONS

तपाईंलाई सहयोग गर्नसक्ने संस्थाहरूको सम्पर्क विवरण
A list of helping numbers from the authorities that will help you!
(Tell us if some are not in here, and we shall research and update it)



📍 सहयोग सामग्री को विवरण
LIST OF RESOURCES

Covid Sanchar Samuha

हामीले अहिलेको समयमा आवश्यक पर्न सक्ने सहयोग सामग्रीहरूको अद्यावधिक विवरण राख्न प्रयास गरेका छौँ। खोजेको बेलामा यी सामग्री यहाँ उपलब्ध छन्।

We shall try to maintain an updated list of resources that might be useful at this trying times. Always difficult to find it when you need it, so we are compiling a list. And again, if you are looking for something in particular, let us know!

अरु थप केही चाहिएमा हामीलाई भन्नुहोस् है!

RESOURCES FOR CITIZENS COMING BACK
घर फर्किनु भएका नागरिकका लागि स्रोत सामग्री

RESOURCES FOR GROUND INITIATIVES
स्थानीय तहमा काम गरिरहनुभएका समूहहरुका लागि स्रोत सामग्री

समाचार श्रोत | NEWS SOURCES


हाम्रा नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई हाम्रो सन्देश!
MESSAGE FOR OUR NEPALI BROTHERS & SISTERS

यहाँहरुलाई स्वागत छ! WELCOME HOME!

तपाईहरु घर फर्कनु भएकोमा हामी अत्यन्तै खुशी भएका छौँ। पक्कै पनि यो बेला सबैका लागि निकै अप्ठ्यारो छ। तर पिर नमान्नुहोला, यो अफ्ठ्यारो समयमा नेपालको नागरिक हुनुका नाताले आफुले गर्न सक्ने हरसम्भव सहयोग हामी तपाईहरुलाई गर्नेछौँ।
We are so happy you are coming back! We realize it has been very difficult all this time, but we will do our very best as citizens of Nepal to help you on your journey back, at least to the best of our capabilities!

हामीले के-कसरी सहयोग गर्न सक्छौं हामीलाई भन्नु होला है!
Let us know how we can help!

**धेरैजसो सोधिने केहि प्रश्नहरु |

🙏🏼


हाम्रो सहायता टिमलाई मेसेज पठाउनुहोस.
(हामी यहाँहरुलाई सकेसम्म सहयोग गर्न चाहन्छौँ, मेसेजमा धेरैभन्दा धेरै विवरण लेख्नुहोला है!)
Send a message to our support team. Make sure you are as detailed as possible so we can help you the best we can.


🙏 योगदानकर्ताहरु
Contributors

यो एउटा सामुहिक प्रयत्न हो, यसमा धेरैजना को सहयोग प्राप्त भएको छ।
This is a group effort, created by many people.

Made with ❤️ in Nepal


यस नागरिक पहलका बारेमा | ABOUT THIS INITIATIVE

यो एउटा स्वतन्त्र नागरिक पहलबाट थालिएको सामाजिक अभियान हो। हजारौँको संख्यामा घर फर्किरहनु भएका नेपाली नागरिकलाई आत्मसम्मान र सहयोग को संदेश पुर्याउन तथा उहाँलाई सकुशल घर सम्म पुर्याउन आ-आफ्नो क्षेत्रमा सार्वजनिक रुपमै कार्य गर्न यस अभियानले प्रोत्साहित गर्दछ।
कोभिड-१९को प्रकोपले आर्थिक र सामाजिक रुपमा किनारीकृत परिवारलाई अझ बढी असर गरेको छ। सामाजिक ऐक्यबद्धता र जागरूकताका माध्यमले यस भाइरसको संक्रमण र उपचारका लागि आवश्यक साधन, सामग्री र उपायहरु को निर्माण र घर फर्किनु भएका नागरिकहरूलाई सम्मानजनक व्यवहार का लागि पहल गर्न सक्छौं।
सामाजिक हेलाहेंचो र भेदभावलाई नेपाली समाजमा कुनै ठाउँ छैन। झन आपतको यस समयमा त हामी सबै नेपाली मिलेर मारमा परेका हाम्रा दाजुभाइले सहयोग गर्नु अत्यन्त आवश्यक छ।
आमसन्चारमा क्षेत्रमा रहेको हाम्रो सामूहिक अनुभव र पहुँच को प्रयोग गरी हामीले भूमि तहसम्मै जीवन रक्षा निम्ति आवश्यक सूचनाहरुलाई छिटो र भरपर्दो माध्यमबाट पुर्याउने प्रयत्न गरेका हौँ।

यस नागरिक पहलमा निम्न hashtagsको प्रयोग गरे जोसुकै पनि सजिलै जोडिन सक्नुहुनेछ।
#न्यानोस्वागत hashtag लाई कुनै पनि किसिमको कोष संकलनका लागि प्रयोग गर्न पाइने छैन।
#न्यानोस्वागत र #घरमास्वागतछ जस्ता सन्देश सार्वजनिक प्रयोगका लागि खुला छन् र यिनीहरूको प्रयोग आममानिस प्रति लक्षित हुनुपर्नेछ।
#welcomehome सन्देशको प्रयोग गरी कुनैपनि राष्ट्रवादी वा राजनीतिक मुद्दालाई बढावा दिन पाइने छैन।

This is a social movement that strives to communicate a message of dignity and support for Nepali citizens returning to the country, and to encourage public action that helps all Nepalis return back home safely. Stigmatization and discrimination has no place in Nepali society – especially during this time of crisis.
COVID-19 disproportionately impacts economically and socially marginalized families. Through solidarity and public awareness, together we can create tools, resources, and solutions that help reduce the spread of the virus and ensure proper treatment for families returning home.

By using our collective media experience and reach, we can provide a fast-moving and effective media channel to get life-saving information to the grassroots.

Anyone can join the initiative by using the hashtags listed here
Anyone using such respects the following principles:

The #NyaanoSwaagat hashtags are not to be used for direct fundraising purposes.

#NyaanoSwaagat #WelcomeHomeNepal messages should be available to the public to share widely, and targeted for the general public
#WelcomeHome messages should not promote any nationalist or political agendas


TWITTER FEED